एमालेमा १३५ सिटका उम्मेदवारको टुङ्गो

Published on

काठमाडौं– नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो । पोखरेलका अनुसार पार्टीको आन्तरिक संघर्षपछि सहमति गरेर फर्किएका कतिपय नेताहरुको क्षेत्रमै सर्वाधिक विवाद छ । सहमतिपछि फर्किएका १० नेतामध्ये गोकर्ण विष्टको क्षेत्र गुल्मी १ मा मात्रै टुंगो लागेको छ ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोबीच टिकटको लडाइँ छ । मधेस प्रदेश, रुपन्देही, काठमाडौं, चितवन लगायतका जिल्लामा उम्मेदवार टुंग्याउन समस्या भएको छ ।

एमालेले झापामा नै सबै उम्मेदवार टुंगो लगाउन सकेन । राप्रपासँग सम्भावित तालमेलका लागि क्षेत्र नम्बर ३ खाली राखिएको छ । पोखरेलले टुंगो लगाउन नसकिएको क्षेत्रमा ‘थप परामर्श गरिने’ बताउनुभयो । एकल सिफारिस भएका अधिकांश क्षेत्र टुंगिएका छन् । तर, एकल सिफारिस भएको झापा १ मा नै रविन कोइरालाको नामलाई अन्तिम रुप दिइएको छैन ।

मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेलको सम्भावना रहेकाले टुंगो लगाइएन । एमालेले समानुपातिक उम्मेदवारको नामावलीमा केही संशोधनसहित बन्दसूची शनिबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...