सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली

Published on

काठमाडौं– नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान भएका छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ । सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छन् । घण्टौँ जाममा बस्नुपर्ने समस्या छैन ।

बजार, पसल पनि फाट्टफुट्टमात्र खुलेका छन् । दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ । राजधानीसँगै उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढेको छ । विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो ।

यसवर्ष भने कोरोनाको जोखिम कम भए पनि डेँङ्गुको त्रास बढेको छ । यसवर्ष डेङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...