देशका केही ठाउँमा ठूलो वर्षा, राति सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा हुने अनुमान

Published on

काठमाडौँ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो अति ठूलो वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह छ । यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै ठाउँ अत्यधिक वर्षा हुने अनुमान रहेको मौमसविद् गंगा नगरकोटीले बताए ।

अस्ति बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको पानी पर्ने क्रम मध्यपश्चिम हुँदै पश्चिमी क्षेत्रमा पुग्दै छ । आज देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताएका छन् । उनका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ । लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।

यस्तै, यस वर्षको दशैँ वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले टीका लगाउन जाँदा खहरे खोलानालाहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालमा दक्षिण पश्चिम बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ । त्यसैको असरले अत्यधिक वर्षा हुन लागेको हो । यसैबीच, राति झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान र आसपास क्षेत्रमा ठूलो वर्षा भएको छ ।

यो क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, आजदेखि आउँदो शनिवार तीन दिनसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान छ । बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...