सभामुख अग्नि सापकोटा उम्मेदवार नबन्ने

Published on

काठमाडौं– सभामुख अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । चुनावको मनोनयन हुने अघिल्लो दिन शनिबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सापकोटाले युवाहरूलाई अवसर दिन आफूले चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनुभयो ।

सापकोटा सिन्धुपाल्चोक १ बाट माओवादी केन्द्रबाट पहिलो नम्बरमा सिफारिसमा पर्नुभएको थियो । यसअघि उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा उहाँ सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित हुनुभएको थियो ।

सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित हुनुभएको थियो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...