पीडित भनिएकी युवती नाबालिग नभएको दाबी

Published on

काठमाडाैं – सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको सन्दिप पक्षका वकिलको दाबी रहेको छ । सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

पीडितले दुई वटा जन्मदर्ता बनाएको देखिएको र सन्दिपलाई फसाउन खोजिएको देखिन्छ । सन्दीप निर्दोष हुनेमा दाबी गरेको छ । सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । असोज २० गतेदेखि लागू हुने गरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो । आफैंले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएका छन् ।

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भन्नुभयो।’ सन्दिपले अदालतसामु भनेका छन् ।

लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन्। भदौ ६ गते बिहान होटलबाट निस्केका लामिछाने सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...