दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित हुँदै

Published on

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेको मात्रै उम्मेदवारी कायम छ । दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएकाले त्यसपछि मात्रै निर्विरोध भएकोबारे घोषणा गरिने छ ।

यसअघि २०७४ सालको चुनावमा पनि उहाँ एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी हुनुभएको थियो । मनाङको प्रदेशसभा ‘ख’ मा एमाले, कांग्रेस लगायत दलबाट उम्मेदवारी परेको छैन ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...