प्रदिप तिवारीलाई एन प्याब्सनका अध्यक्ष हमालले दिए जितको शुभकामना

Published on

काठमाडौँ – राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार प्रदिप तिवारीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष हमालले तिवारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । तिवारी नेसनल प्याब्सन सिरहा जिल्ला अध्यक्ष तथा सगरमाथा उच्च मा. बि. तथा क्याम्पसका प्रिन्सिपल हुन् । शिक्षा क्षेत्रका उज्वल नक्षत्रका रुपमा परिचित तिवारी सामाजिक अभियान्ता समेत हुन् । समाज परिवर्तनको वकालत गर्ने तिवारीले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

शुभकामना आदान प्रदानमा संक्षिप्त कुराकानी गर्दै हमालले सिरहा जिल्लाको शैक्षिक वातावरण कायम गराउन विगतमा अहम भूमिका निर्वाह गरेका तिवारीको जितले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान गरेर सबै किसिमका सामाजिक समस्या समाधानको उपायको खोजी हुने विश्वास व्यक्त गरे । अध्यक्ष हमालले त्यस क्षेत्रका सम्पुर्ण विबेकशिल मतदाता आम जनतालाई यो अवसरलाई पुर्ण सदुपयोग गरी स्वविवेकको प्रयोग गर्न समेत अपिल गरे ।

उक्त कार्यक्रममा नेसनल प्याब्सन मधेश प्रदेशका प्रदेश अध्यक्ष डा. नन्दन यादबले तिवारीको स्वतन्त्र उमेदवारीले आम जनताको भावना जितेको र भाबी योजना, समग्र सिरहा बासी र प्रदेशको समृद्धिका लागि कर्तव्यनिष्ट भइ काम गर्ने प्रतिबद्धताबाट उनको जीत सुनिश्चित भइसकेको बताए । नेसनल प्याब्सन सिरहा जिल्ला समिती, प्रदेश समिति र स्थानीय क्षेत्रका बिद्यालयका संचालकहरु, बुद्धिजिबिहरुको समेत उपस्थिती रहेको थियो । नेपाली राजनीतिक क्षेत्रमा रहेको विडम्बनालाई चिर्नको लागि शैक्षिक बौद्धिक व्यक्तित्वको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...