काठमाडौँ ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. बस्नेतको चुनाव चिन्ह ‘माछा’

Published on


काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले ‘माछा’ चुनाव चिन्ह पाएका छन् ।

बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा डा. बस्नेतले ‘माछा चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावचिन्ह पाएपछि डा. बस्नेतले चुनावी अभियानलाई झन तिव्रता दिने बताएका छन् । उपहारखबरसँग संक्षिप्त प्रतिक्रिया दिदै डा. बस्नेतले भने, ‘अब हाम्रो अमुल्य मत यो राष्ट्र–भुगोल बचाउँने अस्त्र बन्नु पर्छ । संस्कारको राजनितिको सुत्रपात र राष्ट्रिय स्वाधिनताको रक्षा र हरेक खालको अन्याय र अत्याचारको बिरुद्दमा लड्नको लागि, आवाज उठाउँनको लागी काठमाडौं क्षेत्र न. ९ का आम मतदाताहरुलाई ‘माछा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दछु ।’

आफुलाई हार्ने छुन नभएको डा. बस्नेतको भनाई छ । ‘हाम्रो पुस्तालाई हार्ने छुट छैन, हामी हारेमा हाम्रो सभ्यता हार्छ, अर्को पुस्ता हार्नेछ ।’ डा. बस्नेतले भने, ‘ हजार पटक सोचेर मात्रै मतदान गरौं ।’ देशलाई नयाँ सिराबाट अगाडी बढाउन विज्ञ र अनुभवी व्यक्तिहरुलाई मात्र मतदान गर्न समेत उनले आग्रह गरे ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...