वि.सं. २०८७ सम्ममा गरिबी ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य

Published on

काठमाडौँ– प्रधानमन्त्री देउवाले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेका जनसङ्ख्या ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य रहेको पनि बताउनुभएको छ ।

३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा आज शुभकामना मन्तव्य दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारले गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनु भएको छ । सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई एउटा प्रमुख माध्यम बनाई यसलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गर्ने नीति लिएको उहाँले उल्लेख गर्नुभएको छ ।

विपन्न परिवारको संरक्षण गरी गरिबीको रेखाबाट बाहिर ल्याउने नीतिलाई सघनता साथ अघि बढाएको प्रधानमन्त्रीले संदेशमा उल्लेख गर्नु भएको छ ।गरिबी निवारणका लागि सरकारले मुक्त कमैया, हरुवा चरुवाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । हरेक वर्ष अक्टोबर १७ मा यो दिवस मनाउने गरिन्छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...