रमेश लेखकले भने– ‘उहिले किस्तीमा आउथ्यौँ, अहिले झोलुङ्गे पुल तरेर भोट माग्ने आँए ’

Published on

महेन्द्रनगर – २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चादँनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा कांग्रेस नेता रमेश लेखक जोगबुढा नदीमा किस्ती चढेर त्यहाँ पुग्नुभयो ।
चुनावी घरदैलोमा दलबलसहित आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार पुनः घरदैलोमा पुगेका नेता लेखकले विगतको पीडा त्यहाँ स्थानीयलाई सुनाए ।
“ २०७० सालमा यहाँ भोट माग्ना आउँदा किस्ती चढेर जोगबुढा तरेर आवत जावत गर्दा तपाईहरुले झोलुङ्गे पुल माग गरेको सम्झना छ ।” प्रतिनिधीसभा सदस्यका उम्मेदवार रहनुभएका नेता लेखकले भन्नुभयो–“ मैले त्यही बेला यहाँ झोलुङ्गे पुल बनाउन नसके अर्को पाली भोट माग्न आउदैना भनेको थिए, आज हामी त्यही बनाएको झोलुङ्गे पुल तरेर पुनः भोट माग्न आएका छौं ।”
उहाँले महेन्द्रनगरबाट दोधारा चादँनी आवातजावत गर्न विगतमा महाकाली नदीमा पुल नहुँदा जुनखालको समस्या थियो सोही समस्या सुन्दरनगरबासीलाई दोधारा चादँनीसित जोडिने गाह्रो रहेको स्मरण गराए ।
“ तपाईहरुले झोलुङ्गे पुल भन्नुभएको थिए मैलो बनाए अब आउँदा पाँच बर्ष पछिको निर्वाचनमा यहाँ जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाएर मोटर चढेर भोट माग्ने आउनेछु ।” लेखकले भने–“ जोगबुढा नदीमा बनेका पक्की पुल मै मन्त्री हुँदा बेजेट हालेर बनाए तर अहिले एमालेहरु भ्रम छर्दै हामीले बनाएको भन्दैछन् भन्ने सुन्छु ।”
स्थानीय स्तरमा जोगबुढा नदीको कटान नियन्त्रण ठुलो समस्याका रुपमा देखिएको बताउँदै उहाँले भारतसित उत्तर–पश्चिममाको सीमा शुन्य बिन्दुदेखि वडा नं. ३ सम्म तटवन्ध निर्माण आफू मन्त्री हुँदा गरेको बताउनुभयो ।
“ २०७४ मा बेलबहादुर राना जी र म चुनाव हार्दा त्यो तटवन्ध निर्माण पनि त्यही रोकियो ।” उहाँले भन्नुभयो–“ मंसिर ४ को निर्वाचनमा हामी दुवैलाई जिताउनुहोस, कुतियाकवर सम्म नदी नियन्त्रणका लागि बाँध बनाएर बस्ती सुरक्षित गर्ने जिम्मा हाम्रो भयो ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...