ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किए : रमेश लेखक

Published on

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्धारा आयोजित चुनावीसभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषणा गरेका थिए ।
अध्यक्ष ओली जस्तो मुलुकको ठुलो नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाए भन्दा आफू खुसी भएको भन्दै व्यङ्ग्य गरे ।
भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पुर्वाधार मन्त्री हुँदा साढे चार अर्व बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रय लिन खोजेर झुटको खेती गरेको आरोप लगाए ।
“ माओवादीका साथीहरुले बरु हामीले पुल बनायौं भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो ।” उनले भने–“ एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए ।”
यति ठुलो नेताले झुट बोल्दा आफूले यहाँ पुल निर्माण गरेर ठुलै काम गरेको रहेछु भन्ने चित्त बुझाइले खुसी भएको लेखको भनाई छ ।
“ मैले ठुलो काम गरेको रहेछु भनेर ओलीको झुटपछि म खुसी भए ।” उनले भने–“ भारतबाट रेल, चीनबाट रेल देशभर रेलैरेल गुदाउँने ओलीका गफ मात्रै भए ।”
उनले सक्ने काम गर्ने आश्वासन दिन ओलीलाई सुझाव दिदै झुट नबोल्न आग्रह गरे ।
यहाँ ओली सरकारमा नगरपालिकामा ५०÷५२ करोडको घोटाला भएको भन्दै लेखकले त्यो क्लीयर गर्न आग्रह समेत गरे ।
“ जै घरको बुढो बौलियो, कुडो बौलियो, जसको घरमा मुली नै झुट बोल्छ उसको घरका अरु साँची बोल्न र ।” उनले भने ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...