ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किए : रमेश लेखक

Published on

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्धारा आयोजित चुनावीसभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषणा गरेका थिए ।
अध्यक्ष ओली जस्तो मुलुकको ठुलो नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाए भन्दा आफू खुसी भएको भन्दै व्यङ्ग्य गरे ।
भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पुर्वाधार मन्त्री हुँदा साढे चार अर्व बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रय लिन खोजेर झुटको खेती गरेको आरोप लगाए ।
“ माओवादीका साथीहरुले बरु हामीले पुल बनायौं भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो ।” उनले भने–“ एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए ।”
यति ठुलो नेताले झुट बोल्दा आफूले यहाँ पुल निर्माण गरेर ठुलै काम गरेको रहेछु भन्ने चित्त बुझाइले खुसी भएको लेखको भनाई छ ।
“ मैले ठुलो काम गरेको रहेछु भनेर ओलीको झुटपछि म खुसी भए ।” उनले भने–“ भारतबाट रेल, चीनबाट रेल देशभर रेलैरेल गुदाउँने ओलीका गफ मात्रै भए ।”
उनले सक्ने काम गर्ने आश्वासन दिन ओलीलाई सुझाव दिदै झुट नबोल्न आग्रह गरे ।
यहाँ ओली सरकारमा नगरपालिकामा ५०÷५२ करोडको घोटाला भएको भन्दै लेखकले त्यो क्लीयर गर्न आग्रह समेत गरे ।
“ जै घरको बुढो बौलियो, कुडो बौलियो, जसको घरमा मुली नै झुट बोल्छ उसको घरका अरु साँची बोल्न र ।” उनले भने ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...