पाँच वर्ष जितेर गएका साथीहरुले विकासको नाममा केही गरेन : रमेश लेखक

Published on

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले पाँच वर्षमा जितेर गएका साथीहरुले केही गर्न नसकेको बताएका छन् । भीमदत्त नगरपालिका ५ मा चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले विगतमा जितेर गएका नेकपा एमालेका साथीहरुले पाँच वर्षमा विकासको नाममा केही गर्न नसकेको बताएका हुन् ।
“२०७४ को निर्वाचनमा मैले हारेको थिए, नेकपा एमालेका साथीहरुले जितेर गएका थिए, सँगै समानुपातिक समेत गरेर कञ्चनपुर क्षेत्र नम्बर ३ ले दुईओटा सासंद पाएको थियो ।, जितेका साथीहरुले विकास गर्छन् भन्ने लागेको थियो तर गएको पाँच वर्षमा विकासको नाममा केही पनि गरेको अवस्था छैन ।” उनले भने, ।
यस्तै उनले मंसिर ४ को निर्वाचनमा आफुहरुलाई जिताउन समेत आग्रह गरेका छन् । विगतमा आफुले सुरु गरेका अपुरा काम पुरा गर्नुपर्ने भन्दै उनले ४ गतेको निर्वाचनमा आफुलाई जिताउन आग्रह गरेका हुन् ।
गएको पाँच वर्षमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान भत्काउने कार्य गरेको भन्दै अहिलेको चुनावी निर्वाचनमा आफुहरु गठबन्धन मार्फत आएको उनको भनाई छ ।
लेखक सत्तारुढ गठबन्धबाट कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । चुनाव नजिकिए सँगै कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले चुनावी प्रभारप्रचार भने तिव्र पारेका छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...