आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह

Published on

काठमाडौँ – आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र पर्वतारोहणमा जाँदा ध्यान दिन उहाँको सुझाव छ । अहिले पद यात्रा र पर्वतारोहणमा जानेहरुको सङ्ख्या बढ्दै गएको छ । मौसमविद्ले यसरी यात्रामा जानु अघि मौसमको अवस्थाबारे थाहा पाइराख्न पनि आग्रह गरेका छन् ।

पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । काठमाण्डौको मौसम पनि आंशिक बदली हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । अहिले बिहान भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि तराईका जिल्लामा भने पारिलो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...