कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको एमाले समानुपातिकमा भने पहिलो

Published on

कर्णाली प्रदेशमा प्रत्यक्ष मा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा ( माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार९९३ ,नेकपा माले ३ हजार ९९ भोट ,  नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट , राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट , हाम्रो नेपाली पार्टी १ हजार ६६२,  जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३  भाेट रहेकाे छ ।

नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ , नागरिक उन्मुक्ति पार्टी ३८६ , नेपालका लागि नेपाली पार्टी ३६०, एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी ,नेपाल नौलो जनवादी पार्टी ,सचेत नेपाली पार्टी,नेपाल सुशासन पार्टी ) ३२६ , एकल चिह्न गितार (सामाजिक एकता पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)रनेपाल दलित पार्टी ३२० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२ ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४ , राष्ट्रिय जनमुक्ति पार्टी २०४ , नेपाल लोकतान्त्रिक पार्टी १४६ , बहुजन शक्ति पार्टी ६३ र  नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...