बालिकाको मृत्यु भएपछि धनगढी बजार दोस्रो दिन पनि तनावग्रस्त

Published on

धनगढी – हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको थियो । बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो ।

ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत थिइन् । अहिले उनको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडकमा बिरोध गरिरहेका छन् । घटनास्थलमा आफन्त र स्थानीयहरुले बिरोध गर्दा सवारी आगामन दुई दिनदेखि ठप्प बनेको छ । घटना स्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...