कास्की नेसनल प्याब्सनको ‘१३औं खेलकुद सप्ताह’ सम्पन्न

Published on

काठमाडौँ – नेसनल प्याब्सन कास्की जिल्लाको १३औं खेलकुद सप्ताह “नेशनल प्याब्सनको मान्यता शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने नाराका साथ सम्पन्न भएको छ ।

मंसिर २० गते देखि २३ गते सम्म १३औं खेलकुद सप्ताह भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले खेलकुद जीवनमा अति आवश्यक कुरा भएको र निरन्तर खेल खेल्ने ब्यक्ति जीवनभर स्वास्थ रहने, पुर्तिलो हुने, जाँगरिलो हुने, पढाईमा समेत तेज हुने र गरेका हरेक काममा सफलता प्राप्त गर्न सक्ने बताए ।

‘कास्की जिल्लाले प्रत्येक वर्ष गर्दै आएको यो महान कदमको हामी सबैले अन्तर आत्मादेखि नै प्रशंसा गर्नै पर्छ ।’ अध्यक्ष हमालले भने, ‘प्रत्येक वर्ष गरिने यो कार्यक्रम कास्की जिल्लाका लागि एक महान पर्वको रुपमा स्थापित भएको छ । २४ हजार विद्यार्थी सहभागी गराएर गरिएको यो कार्यक्रमले तत्काल नतिजा नदेखिए पनि दीर्घकालिन भने पक्कै राम्रो नतिजाका साथ राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।’ नेसनल प्याब्सनको उचाई बढाउनमा साथ दिइएकोमा कास्की जिल्लालाई अध्यक्ष हमालले धन्यवाद समेत दिए ।

कास्की जिल्ला अध्यक्ष हेमन्त अधिकारीको सभापतित्व र केन्द्रिय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा खेलकुद सम्पन्न भएको हो । कार्यक्रममा एन प्याब्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही, सल्लाहकार ज्ञानेन्द्र मोहन भट्टराई, उपाध्यक्ष यम बहादुर खड्का, महासचिव पारसमणि दाहाल, कोषाध्यक्ष प्रताप बहादुर थापा, गण्डकी प्रदेश अध्यक्ष राम बहादुर मोची, केन्द्रिय सदस्य राम बहादुर थापा लगायत जिल्ला, प्रदेशका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...