पुस ५ बाट नारायणगढ–मुग्लिङ सडकमा दैनिक चार घण्टा सवारी रोकिने

Published on

काठमाडौं । नारायणगढ मुग्लिङ सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलबार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै, मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्करलगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।

काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिङ बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौं तर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौं सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधन स्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँ ठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

spot_img

ताजा समाचार

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा...

सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै...

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

काठमाडौं । इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई...