अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टीम मुम्बई प्रस्थान

Published on

काठमाडौं – मिक्स मार्शल आर्ट फिड्रेशन इण्डियाको आयोजनामा डिसेम्बर १८ गते देखि मुम्बईमा हुन लागेको अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टीम आज भारत प्रस्थान भएको छ।
काठमाडौं मच्छेगाउँमा रहेको नरहरिपुर डोजोका मुख्य प्रशिक्षक, टीम कोच रवीन्द्र मानन्धरको नेतृत्वमा ७ जना खेलाडीका साथै टीम म्यानेजर सानु भाइ थापा मगर र रेफ्री राकेश श्रेष्ठको टोली उक्त प्रतियोगितामा सामेल हुने प्रशिक्षक मानन्धरले जानकारी दिएका छन्।
नेपालले उक्त प्रतियोगिताको कता र कुमुते गरी कराँतेका २ विधामा भाग लिने छन्। कराँते कातामा पुरुष टीम काता मात्र रहने र कुमुते तर्फ पुरुषमा राजकुमार श्रेष्ठ, मनिस कार्की , अमृत ठोकरले क्रमशः ५५,६०,६७ भिड्ने छन भने महिलामा कुमुते तर्फ सञ्जु देशार, श्रृजना महतारा, नानु शाक्य र श्रद्धा थापाले क्रमशः ५४,५०,५५,६१ केजी तौल समूहमा प्रतिश्पर्धा गर्ने कोच मानन्धरले जानकारी दिएका छन् ।
नेपालको खेल क्षेत्रमा अतुलनीय योगदान दिदै आएका मानन्धरले कोभिडको लकडाउनमा समेत खेलाडीलाई अनलाईन कराँते काता प्रतिश्पर्धामा सहभागी गराई नेपाललाई अन्तराष्ट्रिय मेडल दिलाएका छन्

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...