मार्मिक देउडा गीत “मेरा बाबा” सार्वजनिक !

Published on

काठमाडौं । प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा लाई गीत मार्फत व्यक्त गर्न खोजेका छन । बैतडीको तल्लो स्वराड साबिकको शर्माली गा बि स वडा नम्बर १ डिस्लानीमा २०२३ सालमा जन्मिएका उनका बुवा भानदेव कलौनी बुवा हरि दत्त कलौनी र आमा सीता पार्वती कलौनीका माइला छोरा हुन । पाँच दाजुभाइ र एक दिदी संगै हुर्केका उनी सानै उमेरमा परिवारको आर्थिक स्थिती कमजोर भएका कारण निम्नमाध्यमिक सम्मको शिक्षा गाउँमै रहेको श्री नागार्जुन माध्यमिक बिधालय बाट पूरा गरेका हुन । त्यस पछि कामको लागि भारतका विभिन्न ठाउँमा काम गरेका उनले झण्डै चालीस बर्ष अघी नेपाल विधुत प्राधिकरणमा जागिर सुरुवात गरेका गरेका थिए। आफू जागिरमा लागेपछि परिवारको जिम्मेवारी लिदै आएका कलौनीको दश बर्ष डडेलधुराको बसाई पछि अछाम सरुवा भएका थिए । अछाम जिल्लाको कैलाश खोला जलविद्युत आयोजना ८ बर्ष बसाईको दौरानमा उनले हेराली अर्थात ज्योतिषी कार्य सुरु गरेका थिए । त्यस पछि त्यस क्षेत्रमा निक्कै भिडभाड हुने गर्थो । जिल्लाको मङ्गलसेन आक्रमण पछि कलौनीको सरुवा डोटि जिल्लाको दिपायलमा भएको थियो । त्यहाँ झन्डै ८ बर्षको बसाई तथा त्यस क्षेत्रमा त्यहाँका हजारौं मानिसले हेराली मार्फत सेवा लिएका थिए। एका तिर हेराली र अर्को तर्फ जागीरले गर्दा सुदुरपश्चिम प्रदेशका डडेलधुरा , अछाम , डोटी , बैतडी , दार्चुला , कंचनपुर लगायतका जिल्लामा उनको बसाई रह्यो । विधुत प्राधिकरणमा जागिर तथा हेरालीका कारण कलौनी निकै चर्चित व्यक्ती थिए। २०७९ साल जेठ १८ गते बिहन १०:३० मिनेटमा यो संसारबाट सदाका लागी आफ्नो परिवार र यो समाज छोड्नु भएको उनको सम्झनामा उक्त गीत निर्माण गरिएको कलौनीका छोरा बताउँछन्। उक्त गीत नारायण दंगालले एरेन्ज गरेका थिए भने प्रेम दिप रामजालीले मिक्स / मास्टर गरेका हुन्।

को हुन प्रकाश कलौनी ?

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ०९ लालपुर बस्ने प्रकाश कलौनी बुवा स्व. भानदेव कलौनी र आमा श्रीमती कमला देवि कलौनीको कोख बाट जन्मिएका परिवारको जेठो छोरा हुन । सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत सङ्गीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन् प्रकाश कलौनी । उनले हाल सम्म ‘गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी ’ लगायतका बहुचर्चित डेउडा गीत रचना गरी अपलोड गरी सकेका छन् । त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, डेउडा खेलहरू पनि आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिँदै आएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...