राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ ग्रहणको भव्य तयारी

Published on

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । शपथ ग्रहणका लागि आज अपरान्ह ४ बजेको समय तय भएको छ। राष्ट्रपति भवनमा हुने विशेष समारोहका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो । 

विगत वर्षमा जस्तै राष्ट्रपति भवनको प्राङ्गणमा शपथ ग्रहणको तयारी गरिएको छ । समारोहलाई भव्य बनाउन भवनको परिसर झकिझकाउ बनाइएको छ । 

समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी शपथ ग्रहणको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारकर्मी, फोटो पत्रकारका लागि पनि व्यवस्था गरिएको छ । 

प्रधानमन्त्रीको शपथ ग्रहणसँगै नवनियुक्त केही मन्त्रीले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुहुनेछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरूको नियुक्ति गर्ने र राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था छ । 

उहाँलाई प्रतिनिधि सभाका १६९ सांसदको समर्थन छ । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएको हो । 

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...