बाँकी जीवन सुशासन र विकासमा समर्पित गर्छु : प्रधानमन्त्री दाहाल

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो कार्यकालमा सुशासन र विकासमा केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो पटक शनिबार गृह जिल्ला चितवन पुगेर उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

भरतपुर १० मा रहेको देशकै पहिलो नमूना विद्यालय नारायणी नमूना माविको हीरक महोत्सव समारोहको उदघाटन गर्नुहुँदै उहाँले आफुले भाषणभन्दा कामलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनका शिक्षा क्षेत्रका महानुभावलाई थाहै छ, मैले मेरो बाँकी जीवन सुुशासन र विकासको लागि समर्पित गर्ने प्रतिवद्धता गरेको छु ।”

आफुले तेस्रो पटक प्रधानमन्त्रीको शपथ खाँदै गर्दा सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता र जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीबाट मुक्त गर्नुपर्ने, जनतालाई असर पार्ने कुनै पनि निर्णयमाथि कठोर भएर निर्णय लिने र राष्ट्र र जनता पक्षमा जाने संकल्प लिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा सुधार, आम नागरिको जनजीवन सहज बनाउने विषयमा आफ्ना क्रियाकलाप केन्द्रीत गर्ने बताउनुभयो । सुशासन र समृद्धिका लागि एकजुट हुन सबै देशवासीलाई आह्वान पनि गर्नुभयो । गोरखापत्र ।

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...