प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

Published on

काठमाडौं । नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपरान्ह नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

संविधानको धारा १६८ ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। नेता कार्की सत्ता साझेदार दलका नेता नेकपा ९माओवादी केन्द्र०का नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गर्नुभएको थियो।

नेता कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको एक सहित ६० सिटको दाबी प्रस्तुत भएको थियो। प्रदेश संरचना निर्माण भएपछि प्रदेश १ मा कार्की चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको हो। मुख्यमन्त्री नियुक्तसँगै उहाँले सबै पक्षलाई मिलाएर लैजाने बताउनुभएको छ। उहाँले भन्नुभयो ‘गठबन्धनमा आवद्ध र अन्य दलहरुसँग छलफल गरी सबैलाई मिलाएर लैजाने मेरो प्रयत्न हुन्छ।’ गोरखापत्र ।

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...