प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत

Published on

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ। सदनमा बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई २६८ सदस्यको समर्थन रहेको छ । उहाँको विपक्षमा दुई मत परेको छ भने तस्थटमा शून्य मत छ ।
२०७९ मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि पुस १० गते उहाँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको पक्षमा मत दिने बताउनुभएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का सांसदद्वय अशोककुमार राई र सर्वेन्द्रनाथ शुक्ला, नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका सांसद अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सन्जिता श्रेष्ठलेसमेत सरकारको पक्षमा रहेको बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । तीन जना स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो । प्रधानमन्त्रीलाई विश्वासको मतदान कार्यक्रममा ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा, सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत सहभागी हुनु भएन ।

प्रतिनिधि सभामा कायम कुल सदस्य – २७५

प्रतिनिधि सभामा उपस्थित कुल सदस्य – २७०

मतदानमा सहभागी सांसद सङ्ख्या – २७०

मतदानमा विश्वासको पक्षमा परेको मत – २६८

मतदानमा विश्वासको विपक्षमा परेको मत – २

मतदानमा तटस्थ रहेको मत – शून्य
गोरखापत्र ।

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...