रुघाखोकी लाग्दा एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published on

काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।

मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। त्यस्तै, घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह छ। त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान मन्त्रालयको सुझाव छ। गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयको सुझाव छ। २४ घण्टामा ७०१ जना कोरोना १९ को संक्रमण परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको छ। सोही समय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। सोही समयमा १८ हजार ५९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९४ पुगेको छ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...