साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

Published on

काठमाडौं । साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यात राष्ट्रहरूको सङ्गठन ९ओपेक० का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वैच्छिक कटौती ३३ औँ ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो । मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१।५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मूल्यमा ओपेकको ठूलो प्रभाव रहेको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...