हिमाल सफा गर्दै सेना

Published on

काठमाडौं । सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमालको सफाइ र पदमार्गमा समेत सरसफाइ गर्ने कार्यलाई थप प्रभावकारी बनाउने योजनाअनुसार सैनिक टोली तोकिएको क्षेत्रतर्फ जिम्मेवारीमा खटिइसकेको छ । अन्नपूर्ण सफाइ गर्ने टोली आधार शिविरमा पुगिसकेको छ भने बरुन्‍चे हिमाल सफाइका लागि चैत २३ गते एक टोली आधार शिविरतर्फ प्रस्थान गर्ने योजना छ ।” चारवटै हिमालबाट करिब ३५ मेट्रिक टन फोहोर सङ्कलन गर्ने लक्ष्यसहित खटिएको नेपाली सेनाको टोलीले विभिन्न मन्त्रालय, विभाग एजेन्सीलगायत विभिन्न सङ्घसस्था र स्थानीय तहको सहयोगमा मानवीय क्रियाकलापका कारण हिमालको बेस क्याम्पमा थुप्रिएका फोहोर व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...