न्यायाधीश गिरीलाई पक्राउ गरियो

Published on

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरीलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले आरोपित गिरीलाई पीडित आरती रावल गिरीको कोठाबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

पीडित आरती रावलले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा किटानीसहित उजुरी दिनुभएको थियो। न्यायाधीश गिरीले विवाह गर्ने प्रलोभन देखाएर वर्षौंदेखि बलात्कार गर्दै आएको र कुटपिट गरी शारीरिक शोषण गर्दै आएको पीडितको आरोप छ। जिल्ला अदालत कपिलवस्तुमा पक्राउ पुर्जी जारी भएका गिरी काठमाडौँ आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। पीडित आरती रावलको कोठामा फेला परेका गिरीले आफू न्यायाधीश रहेको भन्दै प्रहरीले पक्राउ गर्न नसक्ने बताउनुभएको थियो। पक्राउ पुर्जीसहित पुगेको प्रहरीले गिरीलाई नियन्त्रणमा लिई कपिलवस्तु प्रहरीलाई बुझाउने तयारी गरेको छ।

परिसर प्रमुख कार्कीले गिरीविरुद्ध थप कसुर फेला परे काठमाडौँबाट मुद्दा चलाउन सकिने र त्यसका लागि पीडितसँग सोधपुछ भइरहेको जानकारी दिनुभयो। न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको उजुरी परेपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्ले छानबिनमा
तानेको थियो। पीडित आरती गिरी रावलले न्यायाधीश गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै कालो कपडा लगाएर सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दै आउनुभएको थियो। गोरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...