पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित

Published on

काठमाडौं । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १४ सय २४ जनाको कोरोना परीक्षण गर्दा १३६ जना कोरोना सङ्क्रमित थपिएका छन्। संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ जना संस्थागत आइसोलेनमा भर्ना भएका छन्। जसमध्ये ११ जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

नेपालमा संक्रिय संक्रमितको संख्या ४०१ रहेका छन्। मन्त्रालयले सूचना निकाल्दै मास्क नलगाउँदा आफू संक्रमित हुनसक्ने, अरुलाई कोरोना भाइरस सर्ने अन्य सरुवा रोग लाग्न सक्ने जनाएको छ। मन्त्रालयका अनुसार मास्क नलगाउँदा संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने, थुक र सिगानका स–साना छिटाका माध्यमबाट संक्रमण सर्नसक्छ।

मास्क नलगाउँदा आफूलाई लक्षण नदेखिए पनि अरुलाई कोरोना भाइरस सर्ने सम्भावना रहिरहने मन्त्रालयले जनाएको छ। मास्क नलगाउँदा कोभिड–१९ बाट मात्र नभई अन्य सरुवा रोग धुँलोधुँवाबाट पनि संक्रमित हुने सम्भावना बढ्छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...