रेडक्रसद्धारा आपतकालिन प्रतिकार्य टोली तालिम सञ्चालन

Published on

कञ्चनपुर २ बैशाख । नेपाल रेडक्रस सोसाइटीले विपदमा आपतकालिन प्रतिकार्यका लागि चार दिने आपतकालिन प्रतिकार्य टोली तालिम सञ्चालन गरेको छ ।
डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्धारा सञ्चालित ‘आपतकालिन प्रतिकार्य २०२२–२३’ कार्यक्रम मार्फत आपतकालिन प्रतिकार्य टोली (इआरटी) तालिम सञ्चालित गरिएको हो । नेरेसो कञ्चनपुर जिल्ला शाखाको आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने नेरेसो कञ्चनपुर जिल्ला शाखाका कार्यक्रम अधिकृत विनायक पौडेलले जानकारी दिनु भयो ।
विपदको समयमा उद्धार तथा प्रतिकार्यका कार्यमा खटिनका लागि जनशक्ति तयार गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेरेसो विपद व्यवस्थापन विभागका बरिष्ठ अधिकृत सन्तोष न्यौपानेले जानकारी दिनु भयो ।

आइतबार महेन्द्रनगरमा नेरेसो कञ्चनपुर जिल्ला शाखाका सभापति टेकराज उप्रतीको सभापतित्वमा आयोजित उक्त तालिमको उदघाटन् समारोहमा शाखाका उपसभापति मन्जु दाहालले स्वागत मन्तव्य राख्नु भयो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला शाखाका २४ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागिहरुलाई विपद पुर्वतयारी, राहत योजना, आधारभुत मानवीय सिद्धान्त(सिएचएस), स्फेयर, राहत, स्वच्छता, स्वास्थ्य, लैङ्गिकता, सामुदायिक संलग्नता र जवाफदेहिता, बजार व्यवस्थापन, सेल्टर, आपतकालिन स्वास्थ्य, खाद्य, नगद भौचर, संरक्षण लैङ्गिकता र समावेशीता, विपद व्यवस्थापन लगायतका विषयवस्तुहरुमा प्रशिक्षित गरिने नेरेसो विपद व्यवस्थापन विभागका बरिष्ठ अधिकृत न्यौपानेले जानकारी दिनु भयो ।
कार्यक्रमबाट प्रशिक्षित स्वयंसेवकहरुलाई कुनैपनि प्रकारको विपद आइपर्दा तुरुन्त प्रतिकार्यमा उक्त प्रशिक्षित टोलीलाई परिचालन गरिने छ ।

spot_img

ताजा समाचार

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा...

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य...

अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

काठमाडौं - अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ।...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं – संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे...