रेडक्रसद्धारा आपतकालिन प्रतिकार्य टोली तालिम सञ्चालन

Published on

कञ्चनपुर २ बैशाख । नेपाल रेडक्रस सोसाइटीले विपदमा आपतकालिन प्रतिकार्यका लागि चार दिने आपतकालिन प्रतिकार्य टोली तालिम सञ्चालन गरेको छ ।
डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्धारा सञ्चालित ‘आपतकालिन प्रतिकार्य २०२२–२३’ कार्यक्रम मार्फत आपतकालिन प्रतिकार्य टोली (इआरटी) तालिम सञ्चालित गरिएको हो । नेरेसो कञ्चनपुर जिल्ला शाखाको आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने नेरेसो कञ्चनपुर जिल्ला शाखाका कार्यक्रम अधिकृत विनायक पौडेलले जानकारी दिनु भयो ।
विपदको समयमा उद्धार तथा प्रतिकार्यका कार्यमा खटिनका लागि जनशक्ति तयार गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेरेसो विपद व्यवस्थापन विभागका बरिष्ठ अधिकृत सन्तोष न्यौपानेले जानकारी दिनु भयो ।

आइतबार महेन्द्रनगरमा नेरेसो कञ्चनपुर जिल्ला शाखाका सभापति टेकराज उप्रतीको सभापतित्वमा आयोजित उक्त तालिमको उदघाटन् समारोहमा शाखाका उपसभापति मन्जु दाहालले स्वागत मन्तव्य राख्नु भयो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला शाखाका २४ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागिहरुलाई विपद पुर्वतयारी, राहत योजना, आधारभुत मानवीय सिद्धान्त(सिएचएस), स्फेयर, राहत, स्वच्छता, स्वास्थ्य, लैङ्गिकता, सामुदायिक संलग्नता र जवाफदेहिता, बजार व्यवस्थापन, सेल्टर, आपतकालिन स्वास्थ्य, खाद्य, नगद भौचर, संरक्षण लैङ्गिकता र समावेशीता, विपद व्यवस्थापन लगायतका विषयवस्तुहरुमा प्रशिक्षित गरिने नेरेसो विपद व्यवस्थापन विभागका बरिष्ठ अधिकृत न्यौपानेले जानकारी दिनु भयो ।
कार्यक्रमबाट प्रशिक्षित स्वयंसेवकहरुलाई कुनैपनि प्रकारको विपद आइपर्दा तुरुन्त प्रतिकार्यमा उक्त प्रशिक्षित टोलीलाई परिचालन गरिने छ ।

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...