दश देशमा नेपाली चियाको बजार खोजिंदै

Published on

काठमाडौं । विदेशी मुद्रा आर्जनमा देशको अर्थतन्त्रका लागि एक हिस्सा बन्दैगएको नेपाली चियाका लागि थप विदेशी बजारको खोजी थालिएको छ । विगतदेखि नै केही मात्रामा नेपाली चिया जाने गरेको जर्मनी, रुस, जापान, युएइ, चीन, डेनमार्क, नर्वे, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायतका देशमा थप सम्भावित बजारको खोजी थालिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो । 

‘चीनमा नेपाली चियाले गोल्ड मेडल पाएपछि त्यसको प्रभाव अहिले विश्व बजारमा परेको छ । संकेत राम्रो छ, मुल्य राम्रो छ’ डा. भट्टराईले भन्नुभयो, ‘यी देशमा हाम्रो चियाको ट्रेडमार्क पनि दर्ता गर्नुपर्छ भनेर वाणिज्य मन्त्रालयसँग कुरा गरिरहेका छौं ।’ अहिलेसम्म नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकामा मात्र दर्ता गरिएको छ । 

‘पुराना बजार त छँदैछन्, अब नयाँ सम्भावित बजारमा प्रवेश गर्नुपर्छ भन्ने तयारी गर्दैछौं ।’ डा. भट्टराईले भन्नुभयो, ‘अब आउँदैगरेको राष्ट्रिय चिया दिवसले पनि यसलाई सघाउ पुग्नेछ । सरकारले वैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवस मनाउँदैआएको छ । 

यसवर्ष वैशाख १५, १६ र १७ गते अयोजना गरिएको दिवसको काठमाडौंमा उदघाटनपछि इलाममा ‘टी टेस्टिङ’ को कार्यक्रम तय गरिएको कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो । 

इलाममा गर्ने तय भएको टी टेस्टिङ कार्य चिया उद्योगी, चिया सहकारी र किसानका लागि महत्वपूर्ण हुने केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताउनुभयो । ‘विदेशी वायरहरु टी टेस्टिङका लागि इलामसम्म आइपुग्छन् । महासचिव राईले भन्नुभयो, ‘त्यति मात्र होइन, विदेशीले चियाको बोटमै पुगेर हरियो पत्ती टिप्न रुचाउने गरेकाले पनि किसानले उत्पादन गरेको अर्गानिक चियाको अवसर महत्वपूर्ण छ ।’ गाेरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...