नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा लगियो

Published on

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका –८ पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्‍याइएको छ। हिजो सोही ठाउँकी गङ्गादेवी चन्दलाई बाघले झम्टेर मारेपछि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले आज बिहान बाघलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित खोरमा राखिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले जानकारी दिनुभयो। 

उहाँका अनुसार बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा कहाँ छाड्ने भनेर निर्णयका लागि विभागलाई पत्राचार गरिएको छ। त्यहाँबाट निर्णय आएपछिमात्रै छोड्ने ठगुन्नाले बताउनुभयो। नरभक्षी सो बाघ करिब छ वर्षको पोथी रहेको जनाइएको छ। हिजो खप्टीनाला क्षेत्रमा घाँस काट्न गएकी चन्दलाई झम्टेर झाडीमा लगेको थियो। चन्दसँगै घाँस काट्न गएका अरू महिला भने भागेर ज्यान जोगाएका थिए। 

बाघले बिहान महिलालाई झम्टेर बेपत्ता पारेपछि बाघलाई नियन्त्रणमा लिनका लागि हिजो रातिबाट नै प्राविधिक टोली खटेको थियो। ‘हिजो नै नियन्त्रणमा लिने प्रयास गरिए पनि राति परेकाले सम्भव भएन’, निमित्त प्रमुख संरक्षण अधिकृत ठगुन्नाले भन्नुभयो,‘‘हिजो सम्भव नभएपछि आज बिहानै प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।’’ बाघले झम्टेर लगेको चन्दको शव आज बिहान फेला परिसकेको कञ्चनपुर प्रहरीले जनाएको छ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा चैतदेखि नै बाघको त्रास रहेको थियो। गत चैत १० गते भारतको दुधुवा नेशनल पार्क क्षेत्रमा पुनर्वास नगरपालिका–१० मदन टोलकी कलसा सार्कीको बाघले ज्यान लिएको थियो। त्यसको केही दिन पछिमात्रै कञ्चनपुरको बेलौरी नगरपालिका–१ नजिक रहेको सीमावर्ती भारतीय गाउँ कृष्णनगरकी एक महिलाको पनि बाघले ज्यान लिएको थियो। गाेरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...