घण्टीको सामना गर्न राप्रपा सक्षम छ :नेता जबरा

Published on

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गर्नुभयो। राप्रपा सांसदसमेत रहनुभएका जबराले संसद भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताउनुभयो। उहाँले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामर्थ्यवान भएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘बैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ। त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ। घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान छ। अत्यन्त अफ्ठ्यारो परिस्थिति छ। त्यही अफ्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ। यो पार्टीले त्यो समस्या सामना गर्छ।’’ सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको जिकिर गर्नुभयो।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...