पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

Published on

काठमाडौं । श्रीलङ्काको एक अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।

लङ्कन समाचार संस्था न्युज फर्स्टका अनुसार पूर्व प्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो ।

गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो ।

अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पुर्‍याउने निर्देशन पनि न्यायालयले गरेको छ । सांसद मिलन जयथिलाकेसहित अन्य दुई जनामाथिको यात्रा प्रतिबन्धलाई भने अदालतले निरन्तरता दिएको छ । उक्त मुद्दाको सुनुवाइ भने परसारिएको छ । रासस/एएनआई

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...