दुई दिनदेखि हवाई सेवा अवरुद्ध

Published on

काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । गत मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो । 

लगातार वर्षा भइरहेका कारण हवाई सेवा दुई दिनदेखि बन्द रहेको नागरिक उड्डयन प्राधिकरण सिमकोट स्टेसनका प्रमुख मोहन गिरीले जानकारी दिनुभयो । नेपालगञ्ज विमानस्थलमा सिमकोटका लागि उडान भर्न तयारीमा रहेका निजी हवाईजहाजहरू पनि उडान भर्न नपाउँदा मर्कामा परेको बताएका छन् । 

पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगञ्जबाट कुनै पनि उडान हुन नसकेको हो । एकातिर उडान नै कम भइरहेका बेला झन् त्यसमाथि खराब मौसमका कारण उडान अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेको बताएका छन् । 

नेपालबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण उडान हुन नसकेको बताउँदै उहाँले दुई दिनदेखि कार्गो तथा यात्रु उडान हुन नसकेको बताउनुभयो । यसबाट नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रुहरू मर्कामा पर्नुभएको छ । 

सिमकोटबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रुहरू पनि सिमकोटमै रोकिनुपरेको छ । कार्गो सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न समेत ढुवानी हुने सकेको छैन । गाेरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...