चीनको विद्युतीय कार बिक्री ६० प्रतिशतले बढ्यो

Published on

काठमाडौं । चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स’ को तथ्याङ्कले देखाएको छ।

गत महिना चीनमा विद्युतीय सवारी साधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भएर सात लाख १३ हजार युनिट पुगेको थियो। मे महिनामा चीनमा एनईभीको बजार हिस्सा ३०.१ प्रतिशत पुगेको थियो।

यो वर्षको पहिलो पाँच महिनामा, विद्युतीय सवारी साधन बिक्री एक वर्ष पहिलेको तुलनामा ४६.८ प्रतिशतले वृद्धि भई २९ लाख चार हजार वटा पुगेको छ। चीनको एनईभी उत्पादन ३० लाख युनिटभन्दा बढी छ। यो वर्ष एनईभी उत्पादन ४५.१ प्रतिशतले वृद्धि भएको छ।  

सोही अवधिमा एनइभीको निर्यात १६० प्रतिशतले वृद्धि भई चार लाख ५७ हजार युनिट पुगेको तथ्याङ्कले देखाएको छ। एनईभी खपतमा अग्रङ्क्तिमा रहेर चीनले आफ्नो एनईभी बजारको विकासलाई कायम राख्न विशेष गरी यसको विशाल ग्रामीण क्षेत्रमा सहयोगी नीति ल्याएको छ।

गत महिना चीनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसलाई एनइभी खरिद गर्न र प्रयोग गर्न सहयोग गर्न एक दिशानिर्देश जारी गरेको थियो, जसमा चार्जिङ पूर्वाधारको निर्माणलाई बढावा दिन ध्यान केन्द्रित गरिएको थियो। 

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...