मुक्तिनाथ दर्शन : भारतीय भक्तजनको घुइँचो

Published on

काठमाडौं । मुस्ताङको जिल्लाको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चढाइएको भेटी भारतीय रुपियाँ नै धेरै भेटिएको छ। पछिल्लो पाँच महिनाको अवधिमा भक्तजनले दानपेटीकामा चढाएको भेटीमध्ये १० लाख ४५ हजार रुपियाँ पाइएको छ। 

मुक्तिनाथ विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुक्तिनाथ मन्दिर परिसरमा रहेको दानपेटीकामा जम्मा भएको रकम गणना गर्ने क्रममा भारतीय मुद्रा पाइएको बताउनुभयो। मन्दिर परिसरमा रहेका पाँच वटा दानपेटीकामा कुल २७ लाख ८५ हजार नेपाली रुपियाँ भेटी सङ्कलन भएको हो। मुक्तिनाथ मन्दिरका सदस्यसचिव सरस्वती थापाले दानपेटीका खोलेर गणना गर्दा मन्दिरमा ११ लाख १२ हजार ८७५ नेपाली, १० लाख ४५ हजार २३५ भारतीय रुपियाँ पाइएको जानकारी दिनुभयो। उहाँले ६८ अमेरिकन डलर, २० क्यानेडियन डलर, दुई सिङ्गापुर डलर, ७१ मलेसियन रिङ्गेट, १० भुटानी, एक हजार कोरियन वन, कतार रियल एक, हङकङ डलर ३० र युएईको मुद्रा दुई सय सङ्कलन भएको बताउनुभयो। 

मन्दिर परिसरमा भक्तजनले स्वेच्छिक चन्दा दान गर्न मुक्तिनाथ विकास समितिले दानपेटीकामा हाल्ने व्यवस्था गरेको छ। स्वेच्छिक दानका लागि पाँच वटा दानपेटिका राखिएको मुक्तिनाथ विकास समितिका कार्यालय सचिव रविन सुवेदीले जानकारी दिनुभयो। 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...