यसरी हेर्नुहाेस् एसईईकाे नतिजा

Published on

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।  एसईईको नतिजा प्रकाशनका लागि बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस अघि दिउँसो ३ बजे नतिजा प्रकाशित गर्ने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।”

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.npwww.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...