नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय

Published on

काठमाडौँ – नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेका हुन् ।

डिएसपी केसीलाई बर्खास्त गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) केदारनाथ शर्माले  बताए । उनले भने, ‘सेवाबाट हटाउने निर्णय गरेर प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएका छौं ।’ इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी हेड्क्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

बुटवल स्थित टेलीकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डिएसपी केसीले बद्निय राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ–‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’

समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी हेड्क्वार्टरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...