बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग देशैभरि पानी

Published on

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग देशैभरि पानी परिरहेको मौसमविद्हरूले बताएका छन्।

मङ्गलबार बिहानैदेखि खासगरी दाङ र चितवन आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अनि कर्णाली, सुदूर पश्चिम तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्।

मनसुनको मौसम भएकाले बदली र वर्षाको क्रम यथावत् चलिरहने मौसमविद्हरूले बताएका छन्।

कहिलेसम्म झरी जारी रहला?
बाढी पुर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको बुलेटिनमा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दियालगायत काठमाण्डू उपत्यकामा पनि स–साना नदीहरूमा बहाव बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख छ।

तिनाउ नदीको जलसतह खतराको तह आसपास रहेकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन उसले सचेत गराएको छ।

बुधवार र बिहीवार सम्मको मौसम पूर्वानुमान अनुसार देशैभरि सामान्य बदली रहने तथा कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षा समेत हुने जनाइएको छ। BBC

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...