मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो । मुख्यमन्त्री थापाले सपथ ग्रहण गरेलगतै तीन जना मन्त्री नियुक्त गरी चार सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री थापाले सभामुखबाट राजीनामा दिएर सरकार गठनमा भूमिका खेल्नुभएका नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवनियुक्त मन्त्रीको कार्यविभाजन पनि गरिएको छ । गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालय, जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकार निर्माणका लागि सभामुख पदबाट राजीनामा दिनुभएका गौतमलाई मुख्यमन्त्रीपछिको बरियता दिइएको छ । जबेगु र सुनुवार यसअघि असार २१ गते पनि थापा नेतृत्वको सरकारमा सहभागी बन्नुभएको थियो । तर, त्यसबेला उहाँहरुको जिम्मेवारी तोकिएको थिएन । गोरखापत्र ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...