मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो । मुख्यमन्त्री थापाले सपथ ग्रहण गरेलगतै तीन जना मन्त्री नियुक्त गरी चार सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री थापाले सभामुखबाट राजीनामा दिएर सरकार गठनमा भूमिका खेल्नुभएका नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवनियुक्त मन्त्रीको कार्यविभाजन पनि गरिएको छ । गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालय, जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकार निर्माणका लागि सभामुख पदबाट राजीनामा दिनुभएका गौतमलाई मुख्यमन्त्रीपछिको बरियता दिइएको छ । जबेगु र सुनुवार यसअघि असार २१ गते पनि थापा नेतृत्वको सरकारमा सहभागी बन्नुभएको थियो । तर, त्यसबेला उहाँहरुको जिम्मेवारी तोकिएको थिएन । गोरखापत्र ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...