सुदूरपश्चिम सरकारमा कांग्रेसका एक र नाउपाका एक गरी दुइ मन्त्री थपिए

Published on

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् । शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।

spot_img

ताजा समाचार

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ...