गायिका रेखा जोशीकाे तीज गीत ‘मेरो लागि मर्ने केटो’ सार्वजनिक

Published on

काठमाडौं – गायिका रेखा जोशीले तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँग स्वरमा सहकार्य गर्दै ‘मेरो लागि मर्ने केटो’ बोलको गीत सार्वजनिक भएको छ । भगीरथ चलाउनेको आधिकारिक युट्युब च्यानलबाट उक्त गित सार्वजनिक भएको हो । एक दिनमै करिब एक लाख दर्शकले हेरिसकेको उक्त गित निक्कै लोकप्रीय बनेको छ ।

उक्त गीतमा गायक भगीरथ चलाउने सँगै मोडेल करिष्मा ढकालको अभिनय रहेको छ । भागिरथकै शब्द एवं संगीत रहेको गीतलाई एरेन्ज विनोद भने बाजुरालीले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन तथा विकास ज्ञवालीले सम्पादन गरेको यो गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको छ । जसमा विनोद बाजुरालीले एरेन्ज गरेका छन ।

गीतमा मलाई भगाउने कोहि छैन एउटा केटा खोजी दिनुपर्यो भनी आमाबुवालाई गुहारेको छ । मेरो लागि मर्ने केटो मनै परेन, मलाई मन परेकोले वास्तै नगरेको भनि गीतलाई मिठासता दिएको छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...