प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई भोलि देखि शुरु हुने

Published on

काठमाडाैं – प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।

सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् । समितिका जेष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रश्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनु भयो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...