उच्चस्तरीय आयोग सम्बन्धमा सहमति भयो प्रमुख : सचेतक लेखक

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रमुख सचेतक रमेश लेखकले उच्चस्तरीय आयोग गठनको सम्बन्धमा सहमति भएको बताउनुभएको छ । उहाँले सोमबार राति अबेरसम्म शीर्ष नेताबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग अनुसार सहमति भएको बताउनुभयो । राष्ट्रिय दल मान्यता प्राप्त दलहरूको मङ्गलबार दिउँसो सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्घीय संसदमा उपस्थित सबै राष्ट्रिय मान्यता प्राप्त नेताहरू बसेर राति अबेरसम्म छलफल भयो । एउटा मोटो सहमतिमा पुगेको स्थिति हो ।” शीर्ष नेताबीच दस्ताबेजको अन्तिम सहमति हुने र भोलि (बुधबार) बिहान ११ बजे पुनः बैठक बस्ने उहाँले बताउनुभयो । उक्त दस्ताबेजमा सीआईबीको छानबिनलाई निरन्तर दिने, निष्पक्ष र स्वतन्त्र ढङ्गले छानबिन गरेर तस्करीमा संलग्न भएकालाई निष्कर्षमा पु¥याउने, पटक–पटक हुने सुन तस्करी चिन्ताजनक विषय भएकोले कानुन परिमार्जन, सङ्गठनात्मक सुधार लगायतका विषयको अध्ययन गरी सरकार समक्ष प्रतिवेदन प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।

प्रमुख सचेतक लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्ने र उक्त आयोगले कार्य प्रारम्भ गर्ने सहमति भएको पनि बताउनुभयो । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले रमेश लेखक, हितराज पाण्डे, सुवासचन्द्र नेम्वाङको कार्यदललाई दिइएको जिम्मेवारी पुरा भएको जानकारी दिनुभयो । गिरीले भन्नुभयो, “शीर्ष नेताबीचमा राखेर टुङ्ग्याउने कुरा भएको छ । आज ४ बजे सम्माननीय प्रधानन्यायाधीश शपथ ग्रहण छ, प्रधानमन्त्री पनि जानुपर्ने, सभामुख पनि जानुपर्ने । अर्को कुरा अध्यक्षज्यूलाई सामान्य ज्वरो आएकोले अस्वस्थ भएकोले औषधि खाइरहेको छु भन्नुभएको छ ।”

उहाँले उच्चस्तरीय आयोगको कुरा टुङ्गिएपछि कसको नेतृत्वमा बनाउने र को–को सदस्य रहने विषयमा छलफल अघि बढ्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...