सुन तस्करीकाे छानबिन गर्न सहमति भएको छ, अब सदन समेत खुल्छ : प्रमुख सचेतक लेखक

Published on

काठमाडौं । सुन तस्करीकाे छानबिन गर्न २ बुँदे सहमति भएको छ । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करीकाे छानबिन गर्न सहमति भएकाे बताएका छन् । उहाँका अनुसार दुई बुँदे सहमति भएसँगै लामाे समय अबरुद्ध सदन समेत खुल्ने भएकाे छ । सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको हाे । दलहरुबबीच भएकाे सहमतिमा सुन तस्करी सम्बन्धि छानबिन गर्न आयोग गठन गर्ने सहमति समेत भएकाे प्रमुख सचेतक लेखकले बताउनुभयाे ।
सङ्घीय संसद्का सात दलबीचको सहमति यस्ताे छ :

१. मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढङ्गले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदितै छ । केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ ।

२. विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक-पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक-पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।

१. रमेश लेखक – प्रमुख सचेतक, नेपाली कांग्रेस 

२. पदम गिरी – प्रमुख सचेतक, नेकपा (एमाले) पद्मगिरी ३. हितराज पाण्डे – मुख्य सचेतक, नेकपा (माओवादी केन्द्र)

४. सन्तोष परियार – प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी ५. ज्ञानबहादुर शाही – प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी 

६. प्रदीप यादव – प्रमुख सचेतक, जनता समाजवादी पार्टी

७. अब्दुल खान – प्रमुख सचेतक, जनमत पार्टी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...