सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

Published on

भक्तपुर, सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरूपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई चरित्र हत्या गरेको घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...