१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

Published on

बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती किशोरीलाई भदौ ५ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ गुरुवागाउँ बस्ने २३ वर्षीय ईश्वर थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई गत वैशाख १५ गते राति जबरजस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...

पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने

काठमाडौँ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान...

अवैध उत्खनन रोक्न चोर बाटो बन्द

काठमाडौँ । धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोर बाटोहरु बन्द गरेको छ...

बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप

काठमाडौँ । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय...