शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले लिए अनुमति

Published on

काठमाडौं । यस वर्षको शरद ऋतु (असोज-कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् । यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ । यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ ।

यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मनासलु आरोहणका लागि बाटो बनाउन गएको दक्ष कामदारको टोलीले शुव्रmबार क्षमा पूजा गरेर काम सुरु गरिसकेको छ । बाटो निर्माणमा छ जना कामदार खटिएका छन् ।” उहाँका अनुसार मौसम अनुकूल रहे एक महिनामै मनासलुको चुचुरोसम्म बाटो बनाउने काम सकिने छ ।

आरोहणका लागि आइतबारसम्म आरोहीहरू मनासलु आधार शिविर पुगिसक्ने जनाउँदै उहाँले आरोहीले करिब एक महिना आधार शिविरमा आरोहणको तयारी गर्ने बताउनुभयो । डोरी टाँग्ने काममा खटिएकामध्ये तीन जना आरोहण अवधिभर आधार शिविरमै रहनेसमेत उहाँले जानकारी दिनुभयो । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सबैभन्दा धेरै चीनबाट ६७ जनाले अनुमति लिएका छन् । त्यस्तै अमेरिकाबाट ३० जनाले, रुसबाट २६ जनाले, जापान र फ्रान्सबाट १५–१५ जनाले, स्विट्जरल्यान्ड र क्यानडाबाट १२–१२ जनाले, बेलायत र इरानबाट १०–१० जना लगायतले आरोहणको अनुमति लिएका छन् ।त्यस्तै शुक्रबारसम्म रक्सा उराई हिमाल आरोहणका लागि चार जना, पुठा हिउँचुली आरोहण गर्न पाँच जना, कुम्भकर्ण आरोहणका लागि पाँच जना, हिमलुङ आरोहणका लागि दुई जना र नेमजुङ आरोहणका लागि दुई जनाले अनुमति लिएका छन् । छ वटा हिमालमा आरोहण अनुमति दिएबापत तीन करोड ४६ लाख छ हजार ९३० रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको विभागले जनाएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...