आगामी तीन दिन मध्यम वर्षाको सम्भावना

Published on

काठमाडौं । आगामी तीन दिन नै देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार यस प्रणालीले विशेषगरी मध्य नेपालमा अन्य क्षेत्रको भन्दा बढी पानी पार्ने सम्भावना रहन्छ । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँको भनाइ छ । राति कोशी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

भोलि दिउँसो बागमती, गण्डकीमा मध्यम वर्षा हुनेछ । शनिबार राति गण्डकी, लुम्बिनी र मधेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ । राति भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ। अब मनसुनको अन्तिम महिना भएका कारणले झरी नै पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ । नेपालमा मनसुन जेठ ३१ गते प्रवेश गरेको थियो । मनसुन आगामी असोज १५ गतेसम्म जारी रहनेछ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...