आजदेखि सुरु हुँदै बिपी महोत्सव

Published on

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।

करिब ४० मिनेटको उद्घाटन सत्रपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन, बिपीको दृष्टिमा बिपी, बिपीको आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण र नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न वक्ताको संभाषण रहने पार्टीको सूचना तथा सञ्चार विभागले जनाएको छ । यी सत्रसँगै कलाकारहरूले बिपीका बारे प्रत्यक्ष चित्र कोर्नुहुन्छ । ५स्३० बजेपछि भने कविता साँझको आयोजना हुने कार्यतालिका महोत्सव तयारी समितिले बनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...